Thursday, July 23, 2009

तुला राशी

तुला राशी
र री रु रे रो ता ती तू ते
राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला ।

कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला ।

बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्तानको जन्म हुन सक्ला । सज्जनको संगत होला । राज्यका तर्फाट उन्नति प्रगति होला । कामकाजमा सफलता मिल्ला । इष्टमित्र कुल कुटुम्बबाट सुख होला । आनन्द मिल्ला । पदको प्राप्तिको पनि सम्भावना छ ।

साउन २४ गतेबाट बक्री भएर चौथो फर्किएकोले वन्धुवर्गबाट क्लेश होला, पशु चौपाया वा बाहनका तर्फाट भय होला । धनको हानी होला । कान्ति मलिन होला । शत्रु बृद्धि होलान् । देश त्याग्नुपर्ने सम्मको झमेला आइलाग्ला । मंसिर २९ गतेबाट गुरु पाँचौँ स्थानमा जानाले विद्या बुद्धिको विकास होला । सन्तान परिवारको सुख होला । वैशाख जेठ र असारमा प्राप्त भएको फल चैत्रसम्म प्राप्त हुनेछ ।

शनि ग्रह विगतका बर्षरुदेखि नै एघारै स्थानमा भएकाले धन मानमा वृद्धि होला । व्यवासायमा सफलता मिल्ला । रोगबाट मुक्ति मिल्ला । शुभ कार्यले मान प्रतिष्ठा बढ्ला । धन मानको प्राप्ति होला । भाद्र २० पछाडि शनिका तर्फाट व्यर्थैकोको परिश्रम गरिएला । शत्रुद्धारा धनको नाश होला । सन्तान तथा परिवारमा रोग, पीडा, झगडा होला । धनको नाश होला । तपाईलाइ गरिब गराउला । यो समयमा साँढे सात शनि दशा सुरु भएकाले विशेष फलको चर्चा अलग अलग होला । पुस महिना पछाडि उल्टो बक्री हुने समयभरि प्रायः अशुभ फल मिल्ला । स्वास्थ्यमा स

कन्या राशी

कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला ।

बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास हुनुपर्ला । असार महिनाबाट गुरु बक्री हुनाले नयाँ कार्य सफल हुन सक्ला । महिलासँग साझेदारीको कमी होला । अपेक्षा गरे अनुसार शुभ परिवर्तन होला । राजकीय स्तरबाट अधिकारीको सहयोग होला ।

साउन २४ गतेबाट बक्री गुरु पाँचौ स्थानमा फर्किएकाले रोकिई रोकिई कामकाज बन्ला । लेखन अध्ययन र भाषणमा रुचि बढ्ला । एकाग्र भएर निर्भिक मनले काम गर्नु राम्रो हुनेछ । मंसिर २९ बाट बृहस्पति पुनः छैठौँ स्थानमा प्रवेश गर्नाले पारिवारिक दायित्व बढ्ला । आर्थिक लेनदेनमा सावधानी अपनाउनुपर्ला । विविध आन्तरिक रोगबाट स्वास्थ्यको रक्षा गर्नुपर्ला । जीवन साथीको सल्लाहमा काम गरेमा सफलता मिल्ला । घर गृहस्थीमा सामान्य सुख होला ।

शनि ग्रह बिगत वर्षट नै बाह्रौ स्थानको भ्रमण गर्दै आएकाले तपाईको राशिमाथि साढेसात शनि दशा चलेको छ । त्यसकारण तपाईलाई बदमास मानिसले हानी पुराउन सक्छन् । र्सवअंगमा असाध्यै पीडा होला । बैद्य डाक्टरको आवश्यकता पर्ला । विवाद झगडाबाट बच्नु होला । चालु कामकाजमा लगनशील हुनुपर्ला । र्सार्थ सावबधानी पनि अपनाउनुपर्ला । भदौ २० बाट शनिले बाह्रौ स्थान पार गरि जन्मराशिमा जानाले तपाईलाई मध्ये साँढे सात शनि दशा होला । लापरवाहीका कारणले लाभ हुने ठाँउमा हानी होला । मानसिक तनाव होला । शक्ति हिनता थपिएला । धातु पतन, ड्रि्रेसन आदिको शिकार हुनुपर्ला । पुसको अन्तिमबाट बक्री शनि उल्टो फर्किनाले परिवारको उत्तरदायित्व बढ्ला । व्यक्तिगत कारणले आर्थिक मानसिक कष्ट भोग्नुपर्ला ।

सिंह राशी

सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यो २०६६ साल हो । यस वर्षराहुले छैठौँ स्थानको र केतुले बाह्रौँ स्थानको यात्रा विगतका वर्षहरु देखि नै गर्दै आएका छन् । त्यसकारण तपाईलाई अध्ययन अध्यापनका काममा रुचि होला । राजनितिमा जनताको सहयोग मिल्ला । राम्रा बच्चाहरुमा प्रेम बढ्ला । जीवनसाथी भने असन्तुष्ट होला । सम्पत्तिका विषयमा भने विवाद पर्ला । सट्टा पट्टाका काममा भने अल्प लाभ होला । अचानक धनको लाभ नहोला । स्वार्थ र लालचा बढ्ला ।

कार्त्तिक १७ गतेबाट राहु पाचौँ र केतु एघारौँ स्थानमा जानाले त्यसपछि तपाईको दिनचर्या अनियमित रहला । आउने जाने जनहरुबाट झमेला होला । कल्पना शक्ति बलियो होला । मनमा तरह तरहका जिज्ञासा उठ्लान् । मनोमानी गर्ने आदतले हानी होला । कुनै दुर्लभ वस्तु हात लाग्ला । नोकरी व्यवसाय मध्यम रहला ।

वैशाख ६ गतेबाट गुरु सातौँ स्थानमा जानाले तपाईलाई सन्तोष मिल्ला । धन, मान आदिको लाभ होला । तपाईलाई व्यावसायिक सफलता मिल्ला । समय क्रमिक रुपमा सुधार होला । इच्छा बमोजिमको योजनामा सफलता मिल्ला । आर्थिक तथा व्यावसायिक स्थिति सामान्य हुनेछ । शारिरिक सुख ठीक रहला । असार महिनाबाट बक्री बृहस्पतिले उल्टो सुल्टो दुबै खालको फल देला । साउन ६ गतेबाट गुरु पुनः छैठौँ स्थानमा फर्किएकाले नयाँ योजनाको सुरु होला तापनि साहसको कमी होला । पुरुषार्थको पनि कमी होला । गुरुजनलाई असन्तुष्ट राख्नाले हानी होला । चालु कार्य र धन्दाहरु सामान्य रहलान् । प्रगतिको मार्गमा बाधा योग छ । अपेक्षा गरेअनुसार परिवर्तित हुनु राम्रो होला । राज्यपक्षबाट सहयोग होला । कार्यक्षेत्रमा साधारण तरिकाले उच्च अधिकारीको सहयोग होला ।

मंसिर २९ गतेबाट गुरु बृहस्पति सातौँ स्थानमा प्रवेश गरेकाले अब सन्तोषजनक द्रव्य लाभ होला । गृह व्यवहारमा सुखको अनुकूलता मिल्ला । काममा क्रमिक सुधार होला । इच्छा गरेको योजनामा सफलता मिल्ला । आर्थिक तथा व्यावसायिक कार्यस्थिति सामान्य रहला ।

शनि ग्रह विगतबाटै जन्मराशिमा उल्टो गतिबाट भ्रमण गर्दैगरेकाले तपाईको आलस्य र लापरवाहीले कुनै लाभ हुने ठाँउमा पनि हानी होला । तपाईका मानसिक तनाव बढ्ला । शक्ति हिनता, ड्रि्रेशनको शिकार हुनुपर्ला । धातु क्षय होला । प्रत्येक काममा केही केही कठिनाई आउला नयाँ काममा ध्यान दिनुपर्ला । भाद्र २० गतेबाट शनिले जन्मराशि पार गरि दोस्रो स्थानमा प्रवेश गरेकाले अब तपाईलाई अन्त्य साढेसात शनि सुरु भएको छ । उद्योग कार्यमा अपजस आउला । चिन्ता आलस्य र लापरवाहीले रोजगार र व्यापारमा नराम्रो असर पर्ला । उद्योग व्यवसायको यात्रामा दिमागले काम नगर्ला । दिन दशा अस्तव्यस्त हुन सक्ला । दैनिक काममा बिलम्व होला । उप्रत्याशित घटनाले मानसिक तनाब होला । दाम्पत्य जीवनमा कुनै प्रकारको अवरोध पर्ला ।

कर्कट राशी

२०६६ साल » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यो २०६६ साल हो । यस वर्ष राहुले सातौँ र केतुले पहिलो स्थानको भ्रमण गर्दैछन् । राहु र केतुको यो स्थानमा रहन्जेल सम्मको प्रभावले तपाईको संगत कुनै कन्जुस मानिसँग होला । समझदारीको वृद्धि होला । पारिवारिक कलहको सामना गर्नुपर्ला । अव्यवस्थित दिनचर्याले चिन्ता उत्पन्न होला । समाजको सेवामा लाग्नाले अनाथलाई नाबालकलाई सहयोग गर्नाले, बुढाबुढीलाई सहयोग गर्नाले बिग्रिएका कामहरु बन्लान् । देवताको शक्ति र आराधनाले मनमा शान्ति मिल्ला ।

कार्त्तिक १८ गतेबाट राहु छैठौँ र केतु बाह्रौ स्थानमा जानाले तपाईलाई उदर पीडाको सामना गर्नुपर्ला । हड्डीमा पीडा होला । तपाईमा मानसिक तनाब बढ्ला । एक्लै टाढाको यात्रा नगर्नु राम्रो हुनेछ । पत्नी र बच्चामा आन्तरिक दुःख हुनेछ । ब्राहृमणको संगतले कुनै काम बन्ला । पारिवारिक जीवनसंर्घषपूर्ण रहला । वैशाख ६ गतेबाट बृहस्पति आठौँ स्थानमा जानाले तपाईलाई अशुभ फलको प्राप्ति होला । कहीँ पनि शान्ति हुने छैन । बाहनबाट वा अन्य कुनै कारणबाट दुर्घटनाको योग छ । नीजि अधिकारको काम गर्दा हानी हुनेछ । लिवरको खराबी हुनसक्ला ।

साउन २४ गतेबाट गुरु उल्टो गतिबाट पुनः सातौँ स्थानमा जानाले तपाईलाई मान अपमान दुबै कुराको प्राप्ति होला । चित्तमा अशान्ति होला । कार्त्तिकबाट गुरु मार्गी हुनाले र मंसीर २९ बाट गुरु आठौँ स्थानमा जानाले तपाईलाई अब अशुभ फल प्राप्ति होला । तपाईलाई कही पनि शान्ति नहोला । बाहन दुर्घटना पर्ला । ग्यास्टी्रक र लिभरको खराबीले यदाकदा कष्ट भोग्नुपर्ला ।

शनि ग्रह विगतका वर्षेखि नै दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । हाल । रहेको बक्री अवधिभर तपाईमा दूर्बलता बढ्ने छ । रोग, ऋण र शत्रुको भय होला । विषम परिस्थितिले गर्दा निर्णयक्षमतामा कमी होला । अधिक लाभको इच्छा राखेर काम गर्नुहुनेछ । यसो गर्नु भयो भने काम पुरा नभएको खण्डमा ठूलो पीडा हुनेछ । विपक्षीहरुबाट धोका होला । जीवनसाथीको स्वास्थ्यमा चिन्ता पर्ला । असल काममा अवरोध होला । तपाई बेरोजगार भए पनि नोकरी पाउने आशा नहोला । सफलता पाउन र रोजगारी पाउन कठोर परिश्रम गर्नुपर्ला ।

भदौ २० गतेबाट शनि ग्रहले द्धितिय स्थानमा प्रवेश गरेकाले तपाई अब सफल हुँदै जानुहोला । २० गतेबाट साढेसात शनि दशा समाप्त हुनेछ । अतः शक्ति साहस बढ्ला । उद्योग व्यवसाय सफल होला । हरेक क्षेत्रमा सफलता प्राप्त हुँदै जाला ।

माघ महिनाबाट बक्री शनि उल्टो फर्किनाले तपाईलाई उल्टो फल मिल्ला मान अपमान दुबै होला । भाइबन्धुबाट धोका होला । यात्रा वा भ्रमण गर्नुपर्ला । आर्थिक तथा मानसिक कष्ट होला । ऋणको लिनदिनमा सावधान हुनुपर्ला । परोपकार गर्नाले तपाईलाइ अन्य काममा सफलता मिल्ला ।

मिथुन राशी

मिथुन राशी
का कि कु घ ङ छ के को हा
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको आठौँ र केतुले दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । त्यसकारण राहु र केतुका प्रभावले तपाई यदाकदा दुःखी हुनुपर्ला । चिन्तित हुनुपर्ला । केही कुराको नोक्सानी होला । रोगको शिकार पनि होला । चौँपाया नोक्सानीको सम्भावना छ । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु राम्रो हुनेछ । बोलीमा रुखोपन आउला । स्वजनबाट पनि रुखो व्यवहार हुन जानेछ । धनको खर्चमा उदार बन्नुपर्ला ।

कार्त्तिक १८ गतेबाट राहु सातौँ र केतु जन्मराशिमा आउनाले तपाईको संगत कन्जुस मानिससँग होला । त्यसकारण गुणवान सज्जन मानिससँग संगत गर्नु राम्रो होला । ज्ञान समझदारीमा वृद्धि हुनेछ । परिवारमा कलह होला । अनियमित दिनचर्याले मानसिक चिन्ता उत्पन्न होला । समाज सेवा, मानव उपकारमा मन लगाउनाले बिग्रिएको काम बन्नेछ । भोग विलासमा रुचि होला ।

बृहस्पति ग्रह वैशाख ६ गतेबाट नवौँ स्थानमा जानाले धर्म भाग्यको वृद्धि होला । ठूला व्यक्तिलाई शक्ति देखाउने शक्ति आउला । बक्री अवधिभर समाज परिवारबाट अनाहकमा हतपत रहनुपर्ला । यात्रा, भ्रमण, खानपानमा मनोरञ्जन होला ।

साउन २४ गतेबाट मंसिर २९ गतेसम्म बक्री गुरु पुनः आठौँ स्थानमा जानाले तपाइलाई अशुभ फल देला । कहीँ पनि सुख शान्ति नहोला । बाहन दुर्घटना होला । शरिरमा घाउचोट लाग्न सक्ला । लिवरको खरावी हुनसक्ला । मंसिर २९ गतेबाट फेरि नवौँ स्थानमा जानाले अब भाइले केही साथ देला । अविवाहित कन्याको विवाह सम्भव होला । परिवारमा केही समस्या परे पनि धर्म भाग्य र र्स्वर्गको वृद्धि होला ।

श्नि ग्रहले तपाईको राशिको तेस्रो स्थानमा वैशाख र जेठ बक्री त्यसपछि मार्गी भएर यात्रा गर्नेछ । उचित सफलता पाउन इमान्दारीपूर्वक प्रयास गर्नुपर्ला । समस्याहरुको हल होला । आत्मविश्वास तथा सद्भावना बढ्ला । मानसिक शान्ति मिल्ला । व्यक्तित्वको विकास होला । मानसम्मानको प्राप्ति होला । नयाँ जनसँग सर्म्पर्क होला । मन प्रसन्न रहला । धनको लाभ होला । भाद्र २० बाट शनि चौथो स्थानमा जानाले त्यसपछि शनिका तर्फाट अढैया शनि सुरु होला । पारिवारिक वातावरणमा मानसिक पीडा होला । आर्थिक कारोबारबाट दिक्क हुनुपर्ला । मान यशको मर्यादा विफल होला । घरमा अशान्ति होला । दौडधूप चल्ला । थोरै लाभले चित्त बुझाउनु पर्ला । विद्यार्थीले सफलताका लागि अत्याधिक मेहनत गर्नुपर्नेछ । शरिरमा अधिक थकान होला । मंसिर महिनाबाट अढैया चौथो शनि बक्री फर्किनाले नयाँ मित्रवर्गको नयाँजनको भरोसा नहोला । वासनात्मक उत्तेजना बढ्ला । भाग्यको परिक्षा गर्न भनेर अनैतिक काम सहारा लिन राम्रो हुने छैन । साधारण पश्चिम दक्षिण दिशाको कार्यमा केही सफलता मिल्ला । आलस्य र लापरवा

वृष राशी

२०६६ साल » वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो
यो २०६६ साल हो । यस सालमा राहुले तपाईको राशिको तेस्रो स्थानमा र केतुले नवौँ स्थानमा भ्रमण गरिरहेका छन् । त्यस कारण राहु र केतु यस स्थानमा रहेसम्म उनीहरुका तर्फबाट तपाईलाई चिन्ता, सन्ताप, धर्मकर्ममा वाधा भए तापनि शक्ति र साहस बढ्ला । व्यवसायमा सन्तोषजनक सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । विषक्षीहरुसँग सम्झौता गर्नुपर्ला । मान्यजनका तर्फाट दुःख कष्ट होला । शरिरमा कान्ति मलिन हुनेछ । केही मात्रामा हतास र निराश हुनुपर्ला ।

कार्त्तिक १८ गतेबाट आठौँ राहु द्धितीय स्थानमा जानाले तपाईले यदाकदा दुखी चिन्तित हुनुपर्ने अवस्था आउला । स्वास्थ्यमा समस्या आउन सक्ला । चतुष्पद बाहन एवम् पशुमा कष्ट होला । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु उचित होला । बोली कठोर हुनेछ । बोल्दा सावधान रहनुहोला । स्वजनबाट रुखो व्यवहारको सामना गर्नुपर्ला । खर्चमा उतारचढाव होला । क्रोध र जोश ज्यादा आउला । यसको पनि नियन्त्रण गर्नुपर्नेछ ।

गुरु बृहस्पति दशौँ स्थानमा पहिले र त्यसपछि उल्टो गतिबाट भ्रमण गरेकोले सामान्य फल देला तापनि केही मात्रामा लाभ होला । दिनचर्या मध्यम रहला । कामकाजमा सफलता सामान्य होला । नैतिक चरित्रको वृद्धि होला । मानको आर्जन होला । परिक्षा प्रतियोगितामा सफल भइएला । सफलताका लागि परिश्रम गर्नुपर्नेछ । साउन २५ गतेबाट गुरु नवौँ स्थानमा जानाले गुरुबाट कतै सुल्टो र कतै उल्टो फल प्राप्त होला । उल्टो कामबाट सुल्टो फल मिल्ला । राम्रो काम सफल होला । वस्त्र, धन, सुख उत्तम होला । नीचो हुँदा कतै कमजोर भइएला ।

मंसिर २९ गतेबाट गुरु दशौँ स्थानमा जानाले तपाईलाई र्सवत्र मध्यम खालको फल मिल्ला । व्यवसाय र व्यवहारमा सामान्य सफलता मिल्ला । कर्मको प्राप्ति होला । सामाजिक काममा रुचि थपिएला । जनसर्म्पर्क बढाउनाले सफलता मिल्ला । गम्भीर भएर कठोर परिश्रम गरेमा सफलता आर्जन होला । आर्श्चर्यजनकरुमा लाभ होला । तपाईको धैर्यको परिक्षा होला । तथा सफलता मिल्ला ।

शनि ग्रह विगतका वर्षरुबाटै चौथो स्थानमा जानाले तपाईलाई गत साल देखि नै अढैया दशाको फल मिल्दै आएको छ । पारिवारिक वातावरणमा मानसिक क्लेष बढ्ला । उत्तेजना बढ्ला । भाग्यको परिक्षा गर्छु भनेर अनैतिक कार्य नगर्नु होला । साधारण पश्चिम दक्षिण दिशाको कार्य केही मात्रामा सफल होला । आलस्य र लापरवाही त्याग्नु होला । एक सच्चा कर्मजीवी बन्ने कोशिस गर्नुहोला । कर्मबाटै सफलता मिल्नेछ । भदौ २० बाट शनि चौथो स्थानमा जानाले तपाईलाई अब अन्न, वस्त्र, द्रव्य, अलंकार, उपहार आदिको लाभ होला । महिलाको सकृयताले उत्तरोत्तर प्रगति हुनेछ । बूढो उमेरक लागि दुर्घटनाको भय पर्ला । प्रायः सुख सहयोग राम्रो हुनेछ । धन आर्जनको काममा केही दिक्क अवश्य हुनु पर्नेछतर हरेक जरुरी काम अवश्य पनि पूरा हुनेछ ।

माघ १ गतेबाट पाचौँ शनि बक्रि भएर उल्टो फर्किनाले सहयोगी सहकर्मीबाट धोका होला । शारिरिक सुखमा बाधा योग छ । मनमा चिन्ता होला । मानसिक पीडा होला । उद्योग गर्नाले बेरोजगारीको समस्या समाधान होला । व्यापार उद्योग आदि मनमा सत्प्रयासले अगाडि बढ्नुहोला ।


Tuesday, July 21, 2009

२०६६ साल को बार्षिक राशिफल

२०६६ साल » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला ।

कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला ।

गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न होलान् ।

साउनबाट बक्री गुरु पुनः दसौँ स्थानमा फर्किनाले समय विपरीत हुन सक्ला । उत्तरोतर तनाव बढ्ला । बिलासिताका काममा व्यर्थैकोको खर्च होला । हरेक कदममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्यका बीचमा स्नेह, ममता तथा सहानुभूति मिल्ला । सामाजिक सेवा गर्नु राम्रो होला । कार्त्तिक महिनाबाट गुरु मार्गी भएर अगाडि आउनाले काममा परिवर्तन हुँदै जाला । पुसबाट एघारौँ स्थानमा जानाले व्यापार व्यवसाय, आर्थिक सामाजिक सबै क्षेत्रमा सफलता मिल्ला ।

शनि ग्रह तपाईको राशिको पाचौँ स्थानमा बक्री गतिले आउनाले तपाईमा आत्मविश्वास र व्यक्तित्वको विकासमा असन्तुष्ट भइएला । चिन्तनीय परिस्थितिमा व्यस्त रहनुपर्ला । यो वर्ष वयस्क कन्याको विवाहको योग छ । जेठ महिनाबाटै मार्गी शनि सुल्टो हुनेछ । तब छिटफुट छोटो लामो यात्रा हुनेछ । दैनिक कामकाजहरु पुरा होलान् । अर्थ आर्जनको काम गरेमा बेरोजगार रहनु पर्ने छैन । आकाश हुने कल्पना नगर्नु होला । नोकरी व्यापारमा प्रयास गर्दै अगाडि बढ्नुहोला । समाजसेवाको प्रयास गरेमा व्यापार र राजनीतिमा फाइदा पुग्ला । भूमि किनबेचमा धेरै थोरै सफलता मिल्ला । अभिभावक तथा गुरुको आदेशमा रहनाले कल्याण होला ।

भदौ २० गतेबाट शनि छैठौँ स्थानमा प्रवेश गरेकोले अब तपाईलाई परोपकारम रुचि बढ्ला । परिवारको दायित्वमा वृद्धि हुनेछ । नयाँ जनसँगको सर्म्पर्कले मन हर्षित होला । प्रतियोगिता प्रतिस्पर्धामा सफलता मिल्ला । रचनात्मक कार्यमा रुचि होला । श्रेष्ठजनको मान प्रभाव बढ्ला । मानसिक सुख शान्ति मिल्ला । रचनात्मक काममा रुचि बढ्ला । मानसिक सुख शान्ति मिल्ला ।

माघ महिनाबाट छैठौँ शनि उल्टो फर्किनाले मन अशान्त रहला । आवश्यक विवादमा फस्नुपर्ला । स्वास्थ्यमा समस्याले हानी गर्ला । देवताको भक्तिमा मन नलाग्ला । सट्टापट्टामा एक दुइ फेर लाम होला । राजनीति र रोजगारीको क्षेत्रमा विपक्षीबाट मर्माहत भइएला । कठिन परिस्थितिमा पनि साबधान रहेर काम गरेमा अनुकुल सफलता मिल्ला ।

Followers