Tuesday, June 23, 2009

दुधकोशीको कथा ( डा कविता राम श्रेष्ठ बाट)

रबुवाको पूल तर्ने वेलामा एउटा कलाल (मौवाबाट बनेको रक्सी) खाएर मातेको राईले साथमा िहंडने मातेकै बाहुन साथीलाई भन्दै थियो - "थाहा छ? तिमीहरु जस्तो अधर्मी बाहुनले गर्दा नै यो दुधकोशीमा दुध बग्न छोडेर पानी बग्न लागेको हो ।" बाहुनले तत्कालै जवाफ दियो - "तँ मोरा किराँतीलाई के फरक प-यो र रक्सी बगेको भए पो फरक पर्थ्यो त ।" राई पनि कम थिएन । उसले उल्टै थप्यो - "रक्सी नै भएपनि तँ बाहुनहरु अघि परी हाल्थिस् नि । यी अहिले कसरी अघि परेको छस् । हामीले एक टवाक खाँदा आँखा चिम्लेर तीन टवाक ठाडो घाँटी लाइसकेको हुन्छस् ।" साथमा िहंडने कामी भरिया मज्जाले खित्का छोड्दै हाँस्यो । बाहुनलाई रिस उठेछ - "तँ डांग्र्रालाई चािहं के स्वाद प-यो नी ?" कामी भरिया पनि मातेकै रहेछ । प्रतिकारमा उभियो - "यसरी न हप्काउनुहोस् है बाजे । अव ता त्यो जमाना गइसकेकोछ ।" बाहुनले लट्ठी उजाएर कामीलाई पिट्न खोज्यो । किराँत बीचमा आयो । प्रशंग के भने एउटा लाकोक्ती छ यस भेगमा, जसले परापूर्वकालमा दुधकोशीमा पानी होइन दुधैदुध बग्थ्यो भनेर भन्दछ । यो कोशीमा दुध जत्ति खाएपनि हुन्थ्यो रे । पछि एउटा बाहुन आएर यसको किनारमै खीर पकाएर खाएछ र जुठो भाँडा यसैमा डुवाएर पखालेछ । त्यसपछि तत्कालै दुधकोशीबाट दुध बग्न छोडेछ र पानी बग्न लागेछ । कथाको विषयवस्तुले बुझाउँछ कि यो कथा बाहुनहरुको होइन अपितु बाहुनबाट असन्तुष्ट त्यस क्षेत्रका किराँत जतिको हो । लोककथाको व्यपकतालाई हेर्दा बुझिन्छ कि यस भेकमा पहिलेदेखि नै बाहुनहरु प्रतिरक्षात्मक स्थितिमा थिए र किराँतहरु अक्रामक । प्रस्तुतरुपमा लोककथाको प्रशंग यहाँ छोडिए पनि दुइ संस्कृतिको विवाद निर्विवाद रुपमा थियो यसमा । राईसाथीले बाहुनलाई पहिलो कथनमा किराँतसंस्कृतिलाई विटुल्याएर अर्थहीन बनाइदिएको अपगाल दिएको छ भने दोश्रो कथनमा आर्यसमाजका वास्तुकर्मी बाहुनहरुलाई उनीहरुद्वारानै निर्मित धर्मशास्त्रले तोकेको आचरण तथा धर्मबाट विचलित दुराचारी लुव्ध र अधर्मी भन्न खोजेको छ । बाहुन त यसमा प्रतिक मात्र हो । किराँतहरुको यो निशाना आर्यसंस्कृतिको वास्तुकर्मी बाहुनहरुमार्फत आर्यसंस्कृतिमै दागेको हो । प्रस्तुतरुपमा यो कथा यस्तै रमाइलो मजाकमा प्रयोग हुने गरेको भएपनि अप्रत्यक्षरुपमा त्यहाँ एउटा साँस्कृतिक शीतयुद्धको संकेत मिल्दछ । अर्थात विवाद यतिखेर सुनिएपनि निरन्तरता यसले पहिलेकै बोकेको छ । यो दुधकोशी क्षेत्र भनेको किराँतहरुको क्षेत्र हो (हेर्नु मेरा पुस्तक के किन भानियो? को दोश्रो अध्यायको साल्पापोखरी ः राईको मुन्धुम र किराँतहरुको भूमी प्रकरण) । यसलाई त्यसैले 'माझकिराँत' भन्ने गरिन्छ । आर्यहरुको प्रथम प्रवेश सम्भवतः महाभारतकालमा भयो । यसको संकेत भीमसेनले पहिलोपल्ट कोशीक्षेत्रका किराँतहरुमाथि विजय प्राप्त गरेको प्रशंगले दिन्छ । त्यो समय अन्दाजी ५००० बर्ष भनेर भन्न पर्ने हुन्छ । किराँतहरु त्यसताका सामान्यतः शीकार खेलेर जीविकोपार्जन गर्थे । देश खाएर शेष भएका आर्यहरुमा धेरै ज्ञान, अनुभव तथा प्रविधिहरु यस्ता थिए जो किराँतहरुका लागि नयाँ थिए र जीविकोपार्जनमा सहायकसीद्ध हुन्थे अनि जीवन सुगम हुन्थ्यो र सुसंस्कृत हुन्थ्यो । यसरी आर्यजातीका धेरै खाले भौतिक संस्कृतिलाई उनीहरुले उपयोग गरे । हेर्दाहेर्दै आर्यसंस्कृति किराँतसंस्कृति माथि हावी हुन लाग्यो र आफ्नो साँस्कृतिक अस्तित्वको लागि यो शीतयुद्ध शुरू भयो जसको परिणाममा यो दुधकोशीको कथा हामी सुन्ने गर्दैछौं । साथमा भएको आरोप यो पनि छ कि बाहुनहरुले पहिले रक्सी नखाने भएर सदाचारिताका ढोंगबाट किराँतहरुलाई ठगे र आज भौतिक युग पदार्पन भएपछि त्यो आफैले आफ्नोलागि बनाएको नियम छोडेर राईहरुले भन्दा बढी रक्सी खान तयार छन् । जताबाट पनि फाइदामा हुने यसको शोषक नीति छ । दुधकोशी भन्ने नाम यसमा दुध बग्ने गरेको हुँदा रहन गएको हो भन्ने कुरा यस कथाले भन्न खेजेको छ । यो आशयको कथा यता उपलव्ध आर्य ब्रहमणहरुद्वारा रचित हिमवतखण्डमा उल्लेखित पाइन्न । वास्तवमा दुधकोशी भन्ने नामसम्मको पनि यसमा उल्लेख छैन । दुधकोशी नै मात्र किन ? अरु सातैवटा कोशीनदीहरुको नाम पनि अर्कै संस्कृत नामबाट भएको पाइन्छ । स्थानीय नामहरुसंग तिनलाई तादात्म गर्न गाह्रो पर्ने स्थिति छ । जस्तै तीनलाई शुभश्रवा, पापघ्नी, भद्रावती, महाप्रभा, दुखघ्नी, सत्यवाहिनी आदी नामहरुले पुकारिएको छ ।८ यसमा दुधकोशी नै कुन हो भन्नेसम्म पनि छुटयाउन गाह्रो पर्दछ । तर यीनीहरु कोशी नदी हुन् भन्ने संकेत भने राम्रै दिइएको छ . किनभने यसको अन्तमा यी सात नदीहरुलाई प्राणीहरुले शप्तकोशी भन्ने छन् भनेर राम्रै किटिएको छ । हिमवतखण्डकै एकहत्तरौं अध्यायमा यी नदीहरुलाई देवीहरुको नामबाट पुकारिएको उल्लेख छ । जस्तै यसमा दुर्गा नारायणी चण्डी शिवदुती कपर्दिनी वाराही शचिगौरी आदि कौशिकी नदी हुन् भनिएको छ । त्यस्तै धेरै अरु पौराणिक ग्रन्थहरुमा कोशीनदीको उल्लेख सम्मानसाथ भएको पाइन्छ । तर यीनमा स्थानीय नामलाई कतै स्वीकारिएका छैन । जस्तै मार्कण्डेय पुराणको पाँचौं अध्यायमा भगवती अम्बिकाको कोशबाट उत्पति भएको सप्तधारा भनेर भनिएको छ । तर स्थानीयताको गन्धसम्म छैन । वाल्मीकीरामायणको चौंतिसौं सर्गमा कौशिक विश्वामित्रकी दीदीको नदीस्वरुप भनेर उल्लेख भएको पाइन्छ । तर स्थानीय नाम यीनमा पनि छैन । नेपाल महात्म्यको चालिसौं अध्यायमा कुशिक भन्ने व्यक्तिले सेवा गरेवापत नदीले 'उनैको नामबाट कौशिकी भनेर चिनिइने छु' भनेर वरददान दिएको प्रशंग आएको देखिन्छ । यी सवैमा उल्लेखनीय यही छ कि स्थानीय नामको अर्धभाग कोशी शव्द भने यीनमा मिल्दछ । प्रश्न उठ्छ के किराँतहरुले यो नाम आर्यसंस्कृतिबाट उधारो लिए ? कि आर्यहरुले नै स्थानीय नामहरुलाई पौराणिक आख्यानहरु जोडेर आर्यकृत गरे ? कोशी भन्ने नाम दुवैमा मिल्न गएपनि यो नामको व्युत्पतिकोबारेमा ती श्रोतहरु एकमत छैनन् । कोही के कोही के, थरिथरिका कथा बनेका देखिन्छन् । यसले बुझाउँदछ कि आर्यहरुले स्थानीय नामलाई नै आफ्ना बनाएर आर्यकृत गर्ने कोशिस गरेका हुन् । उत्पतिकथाहरु जेजस्तो सीर्जिएको भएपनि यो वस्तुतः किराँतनामकै निरन्तरता िदंदै किराँतहरुमा आर्यसंस्कृति लाद्ने एउटा कोशिस थियो भन्ने कुरा पौराणिक नाम तथा स्थानीय नाममा कत्तिपनि नजदिकी नहुनुले स्पष्ट गर्दछ । यसको संकेत यही हो कि आर्यहरुले सीर्जेको नामहरुलाई स्थानीय आदिबासी िकंराँतहरुले स्वीकारेनन् । नाम मात्र होइन तीनमाथिका आस्था र विश्वासहरुसमेतमा उनीहरुले बाहिरी संस्कृतिबाट विटुलो हुन दिएनन् । बरु उल्टै आर्यहरुको अतिक्रमणबाट रुष्ट ती आदिबासीहरुले दुधै बग्ने नदीलाई जुठो पानी बग्नपर्नेसम्मको स्थितिमा पु- याएको अपगाल लगाए र आजसम्म त्यही कथा ढीडकासाथ दन्त्यपरम्पारमा आइरहेछ । यसको अर्थ हो - किराँतहरु आर्यहरुसंग भएको सांस्कृतिक शीतयुद्धमा आदिकालदेखि अहिलेसम्मनै कहिल्यै पनि हारेनन् र सँधै माथि नै परेका थिए । र सँधै माथि नै पर्न चाहन्छन् । कथामा व्यंग्य छ नि होइन ? यो हेर्नु होस् है ?

No comments:

Post a Comment

Followers