Tuesday, July 21, 2009

२०६६ साल को बार्षिक राशिफल

२०६६ साल » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला ।

कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला ।

गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न होलान् ।

साउनबाट बक्री गुरु पुनः दसौँ स्थानमा फर्किनाले समय विपरीत हुन सक्ला । उत्तरोतर तनाव बढ्ला । बिलासिताका काममा व्यर्थैकोको खर्च होला । हरेक कदममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्यका बीचमा स्नेह, ममता तथा सहानुभूति मिल्ला । सामाजिक सेवा गर्नु राम्रो होला । कार्त्तिक महिनाबाट गुरु मार्गी भएर अगाडि आउनाले काममा परिवर्तन हुँदै जाला । पुसबाट एघारौँ स्थानमा जानाले व्यापार व्यवसाय, आर्थिक सामाजिक सबै क्षेत्रमा सफलता मिल्ला ।

शनि ग्रह तपाईको राशिको पाचौँ स्थानमा बक्री गतिले आउनाले तपाईमा आत्मविश्वास र व्यक्तित्वको विकासमा असन्तुष्ट भइएला । चिन्तनीय परिस्थितिमा व्यस्त रहनुपर्ला । यो वर्ष वयस्क कन्याको विवाहको योग छ । जेठ महिनाबाटै मार्गी शनि सुल्टो हुनेछ । तब छिटफुट छोटो लामो यात्रा हुनेछ । दैनिक कामकाजहरु पुरा होलान् । अर्थ आर्जनको काम गरेमा बेरोजगार रहनु पर्ने छैन । आकाश हुने कल्पना नगर्नु होला । नोकरी व्यापारमा प्रयास गर्दै अगाडि बढ्नुहोला । समाजसेवाको प्रयास गरेमा व्यापार र राजनीतिमा फाइदा पुग्ला । भूमि किनबेचमा धेरै थोरै सफलता मिल्ला । अभिभावक तथा गुरुको आदेशमा रहनाले कल्याण होला ।

भदौ २० गतेबाट शनि छैठौँ स्थानमा प्रवेश गरेकोले अब तपाईलाई परोपकारम रुचि बढ्ला । परिवारको दायित्वमा वृद्धि हुनेछ । नयाँ जनसँगको सर्म्पर्कले मन हर्षित होला । प्रतियोगिता प्रतिस्पर्धामा सफलता मिल्ला । रचनात्मक कार्यमा रुचि होला । श्रेष्ठजनको मान प्रभाव बढ्ला । मानसिक सुख शान्ति मिल्ला । रचनात्मक काममा रुचि बढ्ला । मानसिक सुख शान्ति मिल्ला ।

माघ महिनाबाट छैठौँ शनि उल्टो फर्किनाले मन अशान्त रहला । आवश्यक विवादमा फस्नुपर्ला । स्वास्थ्यमा समस्याले हानी गर्ला । देवताको भक्तिमा मन नलाग्ला । सट्टापट्टामा एक दुइ फेर लाम होला । राजनीति र रोजगारीको क्षेत्रमा विपक्षीबाट मर्माहत भइएला । कठिन परिस्थितिमा पनि साबधान रहेर काम गरेमा अनुकुल सफलता मिल्ला ।

No comments:

Post a Comment

Followers