Thursday, July 23, 2009

वृष राशी

२०६६ साल » वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो
यो २०६६ साल हो । यस सालमा राहुले तपाईको राशिको तेस्रो स्थानमा र केतुले नवौँ स्थानमा भ्रमण गरिरहेका छन् । त्यस कारण राहु र केतु यस स्थानमा रहेसम्म उनीहरुका तर्फबाट तपाईलाई चिन्ता, सन्ताप, धर्मकर्ममा वाधा भए तापनि शक्ति र साहस बढ्ला । व्यवसायमा सन्तोषजनक सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । विषक्षीहरुसँग सम्झौता गर्नुपर्ला । मान्यजनका तर्फाट दुःख कष्ट होला । शरिरमा कान्ति मलिन हुनेछ । केही मात्रामा हतास र निराश हुनुपर्ला ।

कार्त्तिक १८ गतेबाट आठौँ राहु द्धितीय स्थानमा जानाले तपाईले यदाकदा दुखी चिन्तित हुनुपर्ने अवस्था आउला । स्वास्थ्यमा समस्या आउन सक्ला । चतुष्पद बाहन एवम् पशुमा कष्ट होला । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु उचित होला । बोली कठोर हुनेछ । बोल्दा सावधान रहनुहोला । स्वजनबाट रुखो व्यवहारको सामना गर्नुपर्ला । खर्चमा उतारचढाव होला । क्रोध र जोश ज्यादा आउला । यसको पनि नियन्त्रण गर्नुपर्नेछ ।

गुरु बृहस्पति दशौँ स्थानमा पहिले र त्यसपछि उल्टो गतिबाट भ्रमण गरेकोले सामान्य फल देला तापनि केही मात्रामा लाभ होला । दिनचर्या मध्यम रहला । कामकाजमा सफलता सामान्य होला । नैतिक चरित्रको वृद्धि होला । मानको आर्जन होला । परिक्षा प्रतियोगितामा सफल भइएला । सफलताका लागि परिश्रम गर्नुपर्नेछ । साउन २५ गतेबाट गुरु नवौँ स्थानमा जानाले गुरुबाट कतै सुल्टो र कतै उल्टो फल प्राप्त होला । उल्टो कामबाट सुल्टो फल मिल्ला । राम्रो काम सफल होला । वस्त्र, धन, सुख उत्तम होला । नीचो हुँदा कतै कमजोर भइएला ।

मंसिर २९ गतेबाट गुरु दशौँ स्थानमा जानाले तपाईलाई र्सवत्र मध्यम खालको फल मिल्ला । व्यवसाय र व्यवहारमा सामान्य सफलता मिल्ला । कर्मको प्राप्ति होला । सामाजिक काममा रुचि थपिएला । जनसर्म्पर्क बढाउनाले सफलता मिल्ला । गम्भीर भएर कठोर परिश्रम गरेमा सफलता आर्जन होला । आर्श्चर्यजनकरुमा लाभ होला । तपाईको धैर्यको परिक्षा होला । तथा सफलता मिल्ला ।

शनि ग्रह विगतका वर्षरुबाटै चौथो स्थानमा जानाले तपाईलाई गत साल देखि नै अढैया दशाको फल मिल्दै आएको छ । पारिवारिक वातावरणमा मानसिक क्लेष बढ्ला । उत्तेजना बढ्ला । भाग्यको परिक्षा गर्छु भनेर अनैतिक कार्य नगर्नु होला । साधारण पश्चिम दक्षिण दिशाको कार्य केही मात्रामा सफल होला । आलस्य र लापरवाही त्याग्नु होला । एक सच्चा कर्मजीवी बन्ने कोशिस गर्नुहोला । कर्मबाटै सफलता मिल्नेछ । भदौ २० बाट शनि चौथो स्थानमा जानाले तपाईलाई अब अन्न, वस्त्र, द्रव्य, अलंकार, उपहार आदिको लाभ होला । महिलाको सकृयताले उत्तरोत्तर प्रगति हुनेछ । बूढो उमेरक लागि दुर्घटनाको भय पर्ला । प्रायः सुख सहयोग राम्रो हुनेछ । धन आर्जनको काममा केही दिक्क अवश्य हुनु पर्नेछतर हरेक जरुरी काम अवश्य पनि पूरा हुनेछ ।

माघ १ गतेबाट पाचौँ शनि बक्रि भएर उल्टो फर्किनाले सहयोगी सहकर्मीबाट धोका होला । शारिरिक सुखमा बाधा योग छ । मनमा चिन्ता होला । मानसिक पीडा होला । उद्योग गर्नाले बेरोजगारीको समस्या समाधान होला । व्यापार उद्योग आदि मनमा सत्प्रयासले अगाडि बढ्नुहोला ।


No comments:

Post a Comment

Followers