Thursday, July 23, 2009

मिथुन राशी

मिथुन राशी
का कि कु घ ङ छ के को हा
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको आठौँ र केतुले दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । त्यसकारण राहु र केतुका प्रभावले तपाई यदाकदा दुःखी हुनुपर्ला । चिन्तित हुनुपर्ला । केही कुराको नोक्सानी होला । रोगको शिकार पनि होला । चौँपाया नोक्सानीको सम्भावना छ । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु राम्रो हुनेछ । बोलीमा रुखोपन आउला । स्वजनबाट पनि रुखो व्यवहार हुन जानेछ । धनको खर्चमा उदार बन्नुपर्ला ।

कार्त्तिक १८ गतेबाट राहु सातौँ र केतु जन्मराशिमा आउनाले तपाईको संगत कन्जुस मानिससँग होला । त्यसकारण गुणवान सज्जन मानिससँग संगत गर्नु राम्रो होला । ज्ञान समझदारीमा वृद्धि हुनेछ । परिवारमा कलह होला । अनियमित दिनचर्याले मानसिक चिन्ता उत्पन्न होला । समाज सेवा, मानव उपकारमा मन लगाउनाले बिग्रिएको काम बन्नेछ । भोग विलासमा रुचि होला ।

बृहस्पति ग्रह वैशाख ६ गतेबाट नवौँ स्थानमा जानाले धर्म भाग्यको वृद्धि होला । ठूला व्यक्तिलाई शक्ति देखाउने शक्ति आउला । बक्री अवधिभर समाज परिवारबाट अनाहकमा हतपत रहनुपर्ला । यात्रा, भ्रमण, खानपानमा मनोरञ्जन होला ।

साउन २४ गतेबाट मंसिर २९ गतेसम्म बक्री गुरु पुनः आठौँ स्थानमा जानाले तपाइलाई अशुभ फल देला । कहीँ पनि सुख शान्ति नहोला । बाहन दुर्घटना होला । शरिरमा घाउचोट लाग्न सक्ला । लिवरको खरावी हुनसक्ला । मंसिर २९ गतेबाट फेरि नवौँ स्थानमा जानाले अब भाइले केही साथ देला । अविवाहित कन्याको विवाह सम्भव होला । परिवारमा केही समस्या परे पनि धर्म भाग्य र र्स्वर्गको वृद्धि होला ।

श्नि ग्रहले तपाईको राशिको तेस्रो स्थानमा वैशाख र जेठ बक्री त्यसपछि मार्गी भएर यात्रा गर्नेछ । उचित सफलता पाउन इमान्दारीपूर्वक प्रयास गर्नुपर्ला । समस्याहरुको हल होला । आत्मविश्वास तथा सद्भावना बढ्ला । मानसिक शान्ति मिल्ला । व्यक्तित्वको विकास होला । मानसम्मानको प्राप्ति होला । नयाँ जनसँग सर्म्पर्क होला । मन प्रसन्न रहला । धनको लाभ होला । भाद्र २० बाट शनि चौथो स्थानमा जानाले त्यसपछि शनिका तर्फाट अढैया शनि सुरु होला । पारिवारिक वातावरणमा मानसिक पीडा होला । आर्थिक कारोबारबाट दिक्क हुनुपर्ला । मान यशको मर्यादा विफल होला । घरमा अशान्ति होला । दौडधूप चल्ला । थोरै लाभले चित्त बुझाउनु पर्ला । विद्यार्थीले सफलताका लागि अत्याधिक मेहनत गर्नुपर्नेछ । शरिरमा अधिक थकान होला । मंसिर महिनाबाट अढैया चौथो शनि बक्री फर्किनाले नयाँ मित्रवर्गको नयाँजनको भरोसा नहोला । वासनात्मक उत्तेजना बढ्ला । भाग्यको परिक्षा गर्न भनेर अनैतिक काम सहारा लिन राम्रो हुने छैन । साधारण पश्चिम दक्षिण दिशाको कार्यमा केही सफलता मिल्ला । आलस्य र लापरवा

No comments:

Post a Comment

Followers