Thursday, July 23, 2009

कर्कट राशी

२०६६ साल » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यो २०६६ साल हो । यस वर्ष राहुले सातौँ र केतुले पहिलो स्थानको भ्रमण गर्दैछन् । राहु र केतुको यो स्थानमा रहन्जेल सम्मको प्रभावले तपाईको संगत कुनै कन्जुस मानिसँग होला । समझदारीको वृद्धि होला । पारिवारिक कलहको सामना गर्नुपर्ला । अव्यवस्थित दिनचर्याले चिन्ता उत्पन्न होला । समाजको सेवामा लाग्नाले अनाथलाई नाबालकलाई सहयोग गर्नाले, बुढाबुढीलाई सहयोग गर्नाले बिग्रिएका कामहरु बन्लान् । देवताको शक्ति र आराधनाले मनमा शान्ति मिल्ला ।

कार्त्तिक १८ गतेबाट राहु छैठौँ र केतु बाह्रौ स्थानमा जानाले तपाईलाई उदर पीडाको सामना गर्नुपर्ला । हड्डीमा पीडा होला । तपाईमा मानसिक तनाब बढ्ला । एक्लै टाढाको यात्रा नगर्नु राम्रो हुनेछ । पत्नी र बच्चामा आन्तरिक दुःख हुनेछ । ब्राहृमणको संगतले कुनै काम बन्ला । पारिवारिक जीवनसंर्घषपूर्ण रहला । वैशाख ६ गतेबाट बृहस्पति आठौँ स्थानमा जानाले तपाईलाई अशुभ फलको प्राप्ति होला । कहीँ पनि शान्ति हुने छैन । बाहनबाट वा अन्य कुनै कारणबाट दुर्घटनाको योग छ । नीजि अधिकारको काम गर्दा हानी हुनेछ । लिवरको खराबी हुनसक्ला ।

साउन २४ गतेबाट गुरु उल्टो गतिबाट पुनः सातौँ स्थानमा जानाले तपाईलाई मान अपमान दुबै कुराको प्राप्ति होला । चित्तमा अशान्ति होला । कार्त्तिकबाट गुरु मार्गी हुनाले र मंसीर २९ बाट गुरु आठौँ स्थानमा जानाले तपाईलाई अब अशुभ फल प्राप्ति होला । तपाईलाई कही पनि शान्ति नहोला । बाहन दुर्घटना पर्ला । ग्यास्टी्रक र लिभरको खराबीले यदाकदा कष्ट भोग्नुपर्ला ।

शनि ग्रह विगतका वर्षेखि नै दोस्रो स्थानको भ्रमण गर्दै आएको छ । हाल । रहेको बक्री अवधिभर तपाईमा दूर्बलता बढ्ने छ । रोग, ऋण र शत्रुको भय होला । विषम परिस्थितिले गर्दा निर्णयक्षमतामा कमी होला । अधिक लाभको इच्छा राखेर काम गर्नुहुनेछ । यसो गर्नु भयो भने काम पुरा नभएको खण्डमा ठूलो पीडा हुनेछ । विपक्षीहरुबाट धोका होला । जीवनसाथीको स्वास्थ्यमा चिन्ता पर्ला । असल काममा अवरोध होला । तपाई बेरोजगार भए पनि नोकरी पाउने आशा नहोला । सफलता पाउन र रोजगारी पाउन कठोर परिश्रम गर्नुपर्ला ।

भदौ २० गतेबाट शनि ग्रहले द्धितिय स्थानमा प्रवेश गरेकाले तपाई अब सफल हुँदै जानुहोला । २० गतेबाट साढेसात शनि दशा समाप्त हुनेछ । अतः शक्ति साहस बढ्ला । उद्योग व्यवसाय सफल होला । हरेक क्षेत्रमा सफलता प्राप्त हुँदै जाला ।

माघ महिनाबाट बक्री शनि उल्टो फर्किनाले तपाईलाई उल्टो फल मिल्ला मान अपमान दुबै होला । भाइबन्धुबाट धोका होला । यात्रा वा भ्रमण गर्नुपर्ला । आर्थिक तथा मानसिक कष्ट होला । ऋणको लिनदिनमा सावधान हुनुपर्ला । परोपकार गर्नाले तपाईलाइ अन्य काममा सफलता मिल्ला ।

No comments:

Post a Comment

Followers