Thursday, July 23, 2009

सिंह राशी

सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यो २०६६ साल हो । यस वर्षराहुले छैठौँ स्थानको र केतुले बाह्रौँ स्थानको यात्रा विगतका वर्षहरु देखि नै गर्दै आएका छन् । त्यसकारण तपाईलाई अध्ययन अध्यापनका काममा रुचि होला । राजनितिमा जनताको सहयोग मिल्ला । राम्रा बच्चाहरुमा प्रेम बढ्ला । जीवनसाथी भने असन्तुष्ट होला । सम्पत्तिका विषयमा भने विवाद पर्ला । सट्टा पट्टाका काममा भने अल्प लाभ होला । अचानक धनको लाभ नहोला । स्वार्थ र लालचा बढ्ला ।

कार्त्तिक १७ गतेबाट राहु पाचौँ र केतु एघारौँ स्थानमा जानाले त्यसपछि तपाईको दिनचर्या अनियमित रहला । आउने जाने जनहरुबाट झमेला होला । कल्पना शक्ति बलियो होला । मनमा तरह तरहका जिज्ञासा उठ्लान् । मनोमानी गर्ने आदतले हानी होला । कुनै दुर्लभ वस्तु हात लाग्ला । नोकरी व्यवसाय मध्यम रहला ।

वैशाख ६ गतेबाट गुरु सातौँ स्थानमा जानाले तपाईलाई सन्तोष मिल्ला । धन, मान आदिको लाभ होला । तपाईलाई व्यावसायिक सफलता मिल्ला । समय क्रमिक रुपमा सुधार होला । इच्छा बमोजिमको योजनामा सफलता मिल्ला । आर्थिक तथा व्यावसायिक स्थिति सामान्य हुनेछ । शारिरिक सुख ठीक रहला । असार महिनाबाट बक्री बृहस्पतिले उल्टो सुल्टो दुबै खालको फल देला । साउन ६ गतेबाट गुरु पुनः छैठौँ स्थानमा फर्किएकाले नयाँ योजनाको सुरु होला तापनि साहसको कमी होला । पुरुषार्थको पनि कमी होला । गुरुजनलाई असन्तुष्ट राख्नाले हानी होला । चालु कार्य र धन्दाहरु सामान्य रहलान् । प्रगतिको मार्गमा बाधा योग छ । अपेक्षा गरेअनुसार परिवर्तित हुनु राम्रो होला । राज्यपक्षबाट सहयोग होला । कार्यक्षेत्रमा साधारण तरिकाले उच्च अधिकारीको सहयोग होला ।

मंसिर २९ गतेबाट गुरु बृहस्पति सातौँ स्थानमा प्रवेश गरेकाले अब सन्तोषजनक द्रव्य लाभ होला । गृह व्यवहारमा सुखको अनुकूलता मिल्ला । काममा क्रमिक सुधार होला । इच्छा गरेको योजनामा सफलता मिल्ला । आर्थिक तथा व्यावसायिक कार्यस्थिति सामान्य रहला ।

शनि ग्रह विगतबाटै जन्मराशिमा उल्टो गतिबाट भ्रमण गर्दैगरेकाले तपाईको आलस्य र लापरवाहीले कुनै लाभ हुने ठाँउमा पनि हानी होला । तपाईका मानसिक तनाव बढ्ला । शक्ति हिनता, ड्रि्रेशनको शिकार हुनुपर्ला । धातु क्षय होला । प्रत्येक काममा केही केही कठिनाई आउला नयाँ काममा ध्यान दिनुपर्ला । भाद्र २० गतेबाट शनिले जन्मराशि पार गरि दोस्रो स्थानमा प्रवेश गरेकाले अब तपाईलाई अन्त्य साढेसात शनि सुरु भएको छ । उद्योग कार्यमा अपजस आउला । चिन्ता आलस्य र लापरवाहीले रोजगार र व्यापारमा नराम्रो असर पर्ला । उद्योग व्यवसायको यात्रामा दिमागले काम नगर्ला । दिन दशा अस्तव्यस्त हुन सक्ला । दैनिक काममा बिलम्व होला । उप्रत्याशित घटनाले मानसिक तनाब होला । दाम्पत्य जीवनमा कुनै प्रकारको अवरोध पर्ला ।

No comments:

Post a Comment

Followers