Thursday, July 23, 2009

कन्या राशी

कन्या राशी
टो प पी पु ष ण ठ पे मो
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको पाचौँ स्थानमा र केतुले एघारौँ स्थानमा पोहोरसालदेखि नै भ्रमण गर्दै आएका छन् । त्यसकारण राहु र केतुको यस स्थान अनुसार तपाईलाई शारिरिक कष्ट होला । मनको बेथाको योग छ । व्यग्रता एवम् रक्तचापको वृद्धि होला । शरिरमा चोट लाग्ने भय रहला । विद्या तथा सन्तानको चिन्ता होला । जीवनसाथीसँगको कलहले मनमा चिन्ता होला । कुनै नराम्रो आदतका कारणले अत्याधिक कष्टको सामना गर्नुपर्ला । दाजुभाईसँग खटपट रहला । कार्त्तिक १८ गतेबाट राहु चौथो स्थानमा र केतु दसौँ स्थानमा रहनाले परिवारको समस्यालाई लिएर बन्धुहरुले खिल्ली उडाउलान् । आनीबानी आदतलाई नियन्त्रण गर्नुपर्ला । बदनामी होला । बेकारमा अर्काको अधिनमा पर्नुपर्ला । पदोन्नति भने सफल हुन सक्छ । अनेक नयाँ खर्च बढ्नाले आम्दानी र खर्चकाबीचमा सन्तुलन नहोला । शारिरिक दूर्बलता बढ्ला ।

बृहस्पति वैशाख ६ गतेबाट तपाईको राशिको छैठौँ स्थानमा गएकाले तपाईलाई साहसको कमी होला । धनको हानी होला । पुरुषार्थमा गिरावट होला । चालु कार्य व्यवसायमा वाधाको अनुभूति होला । नातेदार तथा प्रेमीजनबाट निरास हुनुपर्ला । असार महिनाबाट गुरु बक्री हुनाले नयाँ कार्य सफल हुन सक्ला । महिलासँग साझेदारीको कमी होला । अपेक्षा गरे अनुसार शुभ परिवर्तन होला । राजकीय स्तरबाट अधिकारीको सहयोग होला ।

साउन २४ गतेबाट बक्री गुरु पाँचौ स्थानमा फर्किएकाले रोकिई रोकिई कामकाज बन्ला । लेखन अध्ययन र भाषणमा रुचि बढ्ला । एकाग्र भएर निर्भिक मनले काम गर्नु राम्रो हुनेछ । मंसिर २९ बाट बृहस्पति पुनः छैठौँ स्थानमा प्रवेश गर्नाले पारिवारिक दायित्व बढ्ला । आर्थिक लेनदेनमा सावधानी अपनाउनुपर्ला । विविध आन्तरिक रोगबाट स्वास्थ्यको रक्षा गर्नुपर्ला । जीवन साथीको सल्लाहमा काम गरेमा सफलता मिल्ला । घर गृहस्थीमा सामान्य सुख होला ।

शनि ग्रह बिगत वर्षट नै बाह्रौ स्थानको भ्रमण गर्दै आएकाले तपाईको राशिमाथि साढेसात शनि दशा चलेको छ । त्यसकारण तपाईलाई बदमास मानिसले हानी पुराउन सक्छन् । र्सवअंगमा असाध्यै पीडा होला । बैद्य डाक्टरको आवश्यकता पर्ला । विवाद झगडाबाट बच्नु होला । चालु कामकाजमा लगनशील हुनुपर्ला । र्सार्थ सावबधानी पनि अपनाउनुपर्ला । भदौ २० बाट शनिले बाह्रौ स्थान पार गरि जन्मराशिमा जानाले तपाईलाई मध्ये साँढे सात शनि दशा होला । लापरवाहीका कारणले लाभ हुने ठाँउमा हानी होला । मानसिक तनाव होला । शक्ति हिनता थपिएला । धातु पतन, ड्रि्रेसन आदिको शिकार हुनुपर्ला । पुसको अन्तिमबाट बक्री शनि उल्टो फर्किनाले परिवारको उत्तरदायित्व बढ्ला । व्यक्तिगत कारणले आर्थिक मानसिक कष्ट भोग्नुपर्ला ।

No comments:

Post a Comment

Followers