Thursday, July 23, 2009

तुला राशी

तुला राशी
र री रु रे रो ता ती तू ते
राहुले तपाईको राशिको चौथो स्थानमा र केतुले दसौँ स्थानमा भ्रमण गर्दै हुनाले राहु र केतुका तर्फाट यस अवधिमा तपाईलाई स्वजनका तर्फाट कलह प्राप्त होला । काम गर्ने जाँगरमा कमी होला । सामाजिक प्रतिष्ठामा बाधा पर्ला । चिन्ताको कारणले शरिरमा रोग पैदा होला । घर जग्गा खरिद बिक्रीमामा नोक्सानी होला । रुपैयाँ पैसाको कमी होला । ऋण लिनेदिने काममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्य, भाई, बहिनीले खिल्ली उडाउलान् । बेकारमा बदनाम भइएला ।

कार्त्तिक १८ गतेबाट राहु तेस्रो र केतु नवौँ स्थानमा जानाले त्यसपछि सुख सन्तोष होला । धनको लाभ होला । व्यवसायमा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । धर्मकर्मको काममा बाधाको योग छ । धनको लाभ हुनेछ । भाइ बन्धु साथीहरुमा खटपट पर्ला । तापनि शत्रु नाश हुनेछन् । हरेक ठाँउम तपाईको इज्जत रहला । कुनै विशिष्ट व्यक्तिबाट तपाईलाई सहयोग होला । घर जमीन जायजेथाका कारण सुख होला ।

बृहस्पति पाचौँ स्थानमा रहेकाले तपाईलाई विद्या वुद्धिको लाभ होला । सन्तान परिवारका तर्फाट सुख सन्तोष होला । उमेर अनुसार सन्तानको जन्म हुन सक्ला । सज्जनको संगत होला । राज्यका तर्फाट उन्नति प्रगति होला । कामकाजमा सफलता मिल्ला । इष्टमित्र कुल कुटुम्बबाट सुख होला । आनन्द मिल्ला । पदको प्राप्तिको पनि सम्भावना छ ।

साउन २४ गतेबाट बक्री भएर चौथो फर्किएकोले वन्धुवर्गबाट क्लेश होला, पशु चौपाया वा बाहनका तर्फाट भय होला । धनको हानी होला । कान्ति मलिन होला । शत्रु बृद्धि होलान् । देश त्याग्नुपर्ने सम्मको झमेला आइलाग्ला । मंसिर २९ गतेबाट गुरु पाँचौँ स्थानमा जानाले विद्या बुद्धिको विकास होला । सन्तान परिवारको सुख होला । वैशाख जेठ र असारमा प्राप्त भएको फल चैत्रसम्म प्राप्त हुनेछ ।

शनि ग्रह विगतका बर्षरुदेखि नै एघारै स्थानमा भएकाले धन मानमा वृद्धि होला । व्यवासायमा सफलता मिल्ला । रोगबाट मुक्ति मिल्ला । शुभ कार्यले मान प्रतिष्ठा बढ्ला । धन मानको प्राप्ति होला । भाद्र २० पछाडि शनिका तर्फाट व्यर्थैकोको परिश्रम गरिएला । शत्रुद्धारा धनको नाश होला । सन्तान तथा परिवारमा रोग, पीडा, झगडा होला । धनको नाश होला । तपाईलाइ गरिब गराउला । यो समयमा साँढे सात शनि दशा सुरु भएकाले विशेष फलको चर्चा अलग अलग होला । पुस महिना पछाडि उल्टो बक्री हुने समयभरि प्रायः अशुभ फल मिल्ला । स्वास्थ्यमा स

No comments:

Post a Comment

Followers