Thursday, July 23, 2009

वृश्चिक राशी

वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु
यस वर्ष राहुले तपाईको राशिको तेस्रो स्थान र केतुले नवौँ स्थानको भ्रमण गदै आएका छन् र त्यस कारण राहु र केतु यस स्थानमा बसुन्जेल सम्म हरेक ठाँउमा तपाईको इज्जत रहला । कुनै राम्रो व्यक्तिले तपाईलाई बाही बाही गर्नेछन् । घर गृहस्थी जायजेथाको प्राप्ति होला । सामान्यतः दैनिक नोक्सानी पनि पर्न सक्ला । खर्चबाट बच्नु राम्रो होला । तपाईमाथि धोका हुन सक्नेछ । धेरै प्रयत्नले मात्र काम सफल होला।

कार्त्तिक १९ गतेबाट राहुले तेस्रो स्थान पार गर्नाले र केतु आठौँ हुनाले तपाईको कुनै काम पूरा हुन नसक्ला । सुख तथा आनन्दको सही अनुभव हुन नसक्ला । व्यवसायमा सफलता सामान्य रहला । उज्ज्वल भविष्प्रति चिन्तित हुनुपर्ला ।


शनि ग्रह ग्रह भएको वर्षटै दशौँ स्थानको भ्रमण गर्दै आएकोले उच्च अधिकारीबाट नीजि शक्ति बढ्नेछ । विभिन्न कामकाजहरु सफल हुनेछन् । तर दुःख पनि त्यति नै पर्ला । आर्थिक लाभको दृष्टिले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ निकायको सर्म्पर्कले उन्नति होला । निश्चय पनि हरेक काममा घुमफिर गर्नुपर्ला । अर्थतन्त्र र शरिर सन्तुलन ठीक रहला । अधिक व्यस्त रहनाका कारणले मानसिक असन्तोष हुनेछ । खर्चलाई नियन्त्रण गर्नुपर्ला ।

भदौ २० बाट शनिले दसौँ स्थान पार गरि एघारौँमा जानाले तपाईलाई शुभ फल मिल्ला । धन आगमन तर्फसन्तुष्टि मिल्ला । र्व्यर्थ खर्चका कारण दिक्क हुनु पर्ला । व्यावसायिक तथा व्यवहारिक कुशलताले हरेक काम सजिलैसँग सम्पन्न हुनेछ । माघ महिनाबाट एघारौँ शनि बक्री भएकाले अतः व्यापारमा हानी होला । धनको अभाव, व्यर्थैकोको खर्च, मानसिक सन्ताप आदिको सम्भावना छ । तपाईमा निर्णयक्षमताको पनि कसी होला ।

यस वर्षो वैशाख ६ गतेबाट बृहस्पति तपाईको राशिको चौथो स्थानको यात्रामा रहेकाले पुरुषार्थ तथा साहसको कमी रहला । भाग्यको विपरित प्रभाव पर्ला । अध्ययनका क्षेत्रमा वाधाको योग छ । यदाकदा धनको हानी होला । शरिरमा कष्ट, रोग, पीडा हुनसक्ला । झन्फटको सामना गर्नूपर्नेछ । अधिक प्रयत्न र संघर्षले पदोन्नति होला । स्थानान्तरणको पनि सम्भावना छ । विवादमा सफलता मिल्ला । व्यर्थैकोको खर्चमा सुधार होला ।

असार महिनाबाट बक्री बृहस्पति उल्टो फर्किनाले तपाईलाई कष्टकारी होला । तपाईको विरुद्धमा उच्च अधिकारीहरु लाग्नेछन् । तपाईमाथि शत्रुहरु प्रभावित हुनेछन्

तपाईलाई कुनै पुरानु चिन्ताले नछाड्ला । विघटनकारी तत्वबाट चिन्ता पैदा होला । संघर्षले जीवनयापन गर्नुपर्ला । पारिवारिक झमेला निवारण हुने छैन । मानसिक सुख र शान्ति दर्ुबल हुनेछ ।

साउन २४ गतेबाट उल्टो गुरु तेस्रो स्थानमा जानाले पदोन्नतिको योग छ । स्थानान्तरणको पनि सम्भावना छ । गृह निर्माण आदि काममा रोकावट आउला । उन्नत पदस्थापनको मौका आएर पनि गुम्ला । तपाईलाई पछुतो पर्ला । परिवारका तर्फाट सुख सामान्य रहला।

No comments:

Post a Comment

Followers