Thursday, July 23, 2009

धनु राशी

धनु राशी
य यो भा भी भू ध फा ढ भे
यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला ।

कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला ।

गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधुप पनि गर्नुपर्ला ।

असार महिनाबाट गुरुका तर्फबाट पदोन्नति स्थानान्तरण समस्या होाल । गृह निर्माणको काममा रोकावट आउन सक्ला । उन्नत पदस्थापनको अवस्था आएर पनि रोकिएला । जीवनसाथी र सन्तानका तर्फबाट सुख सन्तोष सामान्य होला । लोकप्रियता कायम रहला । इज्जत रहला । कतैको यात्रा होला ।

साउन २४ गतेबाट पुनः दोस्रो फर्किएकाले माता पिता पत्नी पति र सन्तानको सुख सामान्य होला । धनको धेरै खर्च होला । कलहले मुद्दा मामिलामा पैसा खर्च होला । हित हुने कार्यमा मन लगाउनु राम्रो हुनेछ । मंसिर २९ गतेपछाडि गुरुका तर्फबाट इष्टमित्रका सहयोगले इच्छा पुरा होला । सम्पत्तिमा विवाद पर्ला । कडा प्रश्न आउला । आजीवीकाका लागि नयाँ साधन उपलब्ध होला । सामान्य उन्नतिको प्रयास सफल होला । अध्यात्मिक रुचि रहला । सफल पनि होला ।

शनि वर्षहरुदेखि नै नवौँ स्थानमा भएकाले काममा साहस थपिएला । प्रयत्नले अनिवार्य सपलता मिल्ला । विविध चिन्ताका बाबजुद दिनचर्या क्रमशः सुधार होला । महत्वपूर्ण आकांक्षा पुरा होला । शान्ति तथा अनुकुलता मिल्ला । बालबच्चाको सुख राम्रो होला । धर्ममा रुचि होला ।

भाद्र २० गतेबाट शनि तपाईको दशौँ स्थानमा प्रवेश गरेकोले शुभ फल मिल्ला । उच्च अधिकारीबाट सुख सहयोग होला । तपाईका प्रभाव शक्ति बढ्ला । विविध कार्ययोजना सफल होला । आर्थिक लाभको हिसाबले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ जनसँगको सर्म्पर्कले उन्नति मिल्ला । परिश्रम अधिक गर्नुपर्ला । अर्थतन्त्र तथा शरिरको सन्तुलन ठीक रहला ।

माघ महिनाबाट उल्टो शनिका कारणले मन भट्किएला । कुनै प्रिय जनको बियोग होला । आन्तरिक पीडा होला । चिन्ता पर्ला । आरोग्य र सुख मध्यम रहला । पढाइ र लेखाइमा स्मरणीय सफलता मिल्ला । माता पिता गुरुजनको सहयोगले उन्नति होला ।

No comments:

Post a Comment

Followers