Thursday, July 23, 2009

मकर राशी

मकर राशी
जो जा जी खी खू खे खो गा गी
यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला ।

मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला ।

बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । मध्य असारबाट भाद्र महिनासम्म शनिले उल्टो यात्रा गर्ने हुनाले तपाईलाई उल्टो फल प्राप्त हुने सम्भावना छ । भदौ २४ बाट गुरु फेरि आफ्नो पुरानो स्थानमा आउनाले परदेशको गमन होला । व्यर्थैमा खचृ बढ्ला । धनको नाश होला । शत्रुको भय होला । मानको हानि होला । राज्यको भय होला । मानसिक कष्टको सामना गर्नुपर्ला । रोजगारीमा झगडा होला । कार्त्तिक मासबाट बृहस्पति मार्गी हुनाले तपाईलाई सामान्य फल मिल्ला ।

मंसिर २९ गतेबाट बृहस्पति दोस्रो स्थानमा जानाले पठनपाठनमा रुचि बढ्ला । भाषण प्रवचनमा चतुर्राई बढ्ला । धन वस्त्र अलंकारको लाभ होला । पुरस्कारको प्राप्ति होला । पुरस्कारको प्राप्ति होला । उद्योग उन्नतिमा प्रगति हुनेछ । दान धर्मकर्ममा परोपकारमा रुचि बढ्ला ।

शनि ग्रह बितेको वर्षेखि नै आठौँ स्थानमा भ्रमण गर्दै आउकोले तपाईलाई अढैया शनिले सताउला । इष्टमित्र र शनिबाट हानि होला । आर्थिक उद्देश्यमा ब्यर्थैको अवरोध पर्ला । यात्रा प्रवासमा कष्ट हुनेछ । धन धान्यादिमा हानी होला । कामकाजहरु निष्फल होलान् । वैशाख जेठ मासमा बक्री अवधि भएकाले प्रायजसो विपरित फल देला ।

भदौ २० गतेबाट शनिले आठौँ स्थान पार गरि नवौँ स्थानमा प्रवेश गरेकोले तपाईलाई आर्थिक लाभ होला । सामाजिक कार्यमा साहसिक प्रयत्नले सफलता मिल्ला । तपाईलाई चारैतिरबाट सफलता मिल्ला । दिनदशामा क्रमिक सुधार होला । बालबच्चाका तर्फाट सुख सन्तोष मिल्ला । धर्ममा रुचि रहला

No comments:

Post a Comment

Followers