Thursday, July 23, 2009

कुम्भ राशी

कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यस वर्षो कार्त्तिक महिनासम्म राहुले तपाईको राशिको बाह्रौँ स्थान र केतुले छैठौँ स्थानको भ्रमण गर्दैछन् । त्यसकारण तपाईलाई यस अवधिमा राहु र केतुका तर्फाट सट्टापट्टा र जुवामा नोक्सान होला । पत्नी पुत्रको सुख सामान्य रहला । धर्म कार्यमा रुचि बढ्ला । घर गृहस्थीको काम सञ्चालनमा दक्षता बढ्ला । राम्रा मानिससँग संगत होला । नोकरी व्यवसाय तथा स्वास्थ्य सामान्य रहला । कुनै नयाँ साधनबाट धनको लाभ होला । उद्योग व्यवसायमा राम्रो सफलता मिल्ला । नसालु पदार्थबाट टाढा रहनुहोला ।

कार्त्तिक १८ गतेबाट राहु एघारौँ स्थानमा र केतु पाचौँ स्थानमा जानेछन् । त्यसपछिको अवधिमा तपाईलाई मीठो बोल्ने मानिसले धोका देलान् तर पनि तपाईको बौद्धिक विकास अवश्य पनि होला । दैनिक जीवनमा केही कठिनाइ आए पनि सफलता मिल्ला । आकस्मिक रुपमा धन प्राप्तिको योग छ । स्त्रीबाट सुख होला । तपाईले कुसंगत त्याग्नु पर्नेछ ।

बृहस्पतिले वैशाख ५ गतेबाट तपाईको जन्मराशिमा भ्रमण गरेकोले तपाइलाई भय त्रास पर्ला । व्यापार व्यवसाय उद्योगमा सामान्य लाभ होला । मानसिक चिन्ता पर्ला तर पनि तपाईको मनोरथ पूरा होला । साउन २४ गतेबाट बृहस्पति उल्टो गतिबाट बाह्रौ फर्केकाले सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध आइपर्ला । दुःख परेसानी होला । स्वास्थ्यमा समस्या पर्ला । दिमाग कमजोर होला । आकस्मिक ग्रहण लिनुपर्ला । दुर्घटना होला । रोगको भय पर्ला । आँखामा असर देखिएला ।

मंसिर २९ गतेबाट गुरु जन्मराशिमा फर्किएकाले बिताएका कामहरुमा सफलता सामान्य रहला । पत्नी सन्तानबाट भने हर्षहोला । जम्मा गरेको धन खर्च हुनेछ । सामान्य लाभ होला । पत्नी र सन्तानका तर्फाट भने लाभ होला । सामाजिक सेवा, परोपकारको काम गर्नाले सफलता मिल्ला ।

शनि ग्रह गएको वर्षेखि नै तपाईको राशिको सातौँ स्थानको भ्रमण गर्दै आएका छन् । परिवारको सुख सामान्य होला । व्यापारमा ह्रास आउला सहकर्मी र साथीसँग सम्बन्ध राम्रो राख्नु राम्रो हुनेछ । धार्मिक राजनीतिक आर्थिक गतिविधिमा विरोध अवरोध पर्ला । निजी काम सञ्चालन हारकै मानिस बाधक हुनेछन् । स्त्री तथा सन्तानका तर्फध्यान दिनुपर्ला । र्व्यर्थको खर्चले सताउला ।

भदौ २० गतेबाट शनि सातौँ स्थान पार गरि आठौँमा जानाले अढैया शनि सुरु भएको छ । त्यसकारण तपाईलाई आर्थिक उन्नतिमा व्यर्थैको अवरोध होला । ठूलो लगानी गरेर ठूलो काम गर्नमा सावधानी अपनाउनुपर्ला । पूँजीमा धक्का लाग्न सक्ला समष्टिमा मिलाएर हर्ेदा यस वर्ष उचार चढाव हानि लाभ दुबै हुनसक्ला । यात्रामा कष्ट होला । प्रवासमा पनि दुःख कष्टको सामना गर्नुपर्ला ।

माघबाट आठौँ शनि बक्री हुनेछ । सो समयपछिको समयलाई कष्टकारी नै भन्नुपर्छ । उद्योग कार्य केही त होला । परिवारका सदस्यका तर्फाट दुःख कष्ट होला । बेरोजगारी समस्याले सताउला । कठिन परिश्रमले रोजगारी मिल्ला । सामाजिक सेवाको काम गर्नाले शान्ति होला ।

No comments:

Post a Comment

Followers