Thursday, July 23, 2009

मीन राशी

मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस वर्ष राहुले तपाईको राशिको एघारौँ स्थानमा र केतुले पाचौँ स्थानमा रहेर यात्रा गर्दै छन् । यस कारण राहु र केतु यस स्थानमा रहेसम्म राहु र केतुका प्रभावले तपाईलाई मीठो बोल्ने व्यक्तिले धोका दिनेछन् । बौद्धिक शक्तिको विकास होला । दैनिक जीवनमा कठिनाइले प्रगति होला । कुनै बफादार सहयोगीको आवश्यकता पर्ला । शारिरिक सुख मध्यम रहला । अकस्मात धनको प्राप्ति होला । जीवनसाथीको सुख मध्यम रहला । घरेलु समस्यामा सधार आउला ।

काक्तिर्क १८ गतेबाट राहु दशौँ र केतु चौथो स्थानमा प्रवेश गरेकाले स्त्रीको सुख सन्तोष होला । पशुपन्छीमा लगानी बढ्ला । सुन्दर वस्त्र तथा प्यारो भोजनको लाभ होला । वृद्धि र विद्याको विकास होला । सन्तानका पक्षबाट धोका पर्ने छ । तपाईका नाना प्रकारको लालसा बढ्ला । चल अचल सम्पत्तिको विकासमा बाधा अड्चन आइपर्ला । कठोर आदत, लोभ क्रोध बढ्ला । दुस्मनमाथि तपाईको प्रभाव पर्ला । यात्रा सम्भव हुन सक्ला ।

बृहस्पति वैशाख ६ गतेबाट तपाईको बाह्रौ स्थानमा भ्रमण गर्दै छन् । अतः तपाईलाई सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध पर्ला । मानको हानी होला । दिमाग कमजोर रहला । तपाईलाई आकस्मिक रोगले सताउला । दुर्घटनाको योग छ । शत्रु र रोगको भय होला ।

असार महिनाबाट बृहस्पति बक्री भएर उल्टो फर्किनाले तपाईलाई उल्टो फल देला । भदौ महिनाबाट पुनः एघारौँ स्थानमा आउनेछन् । त्यसपछि सुल्टो फल प्राप्ति होला । सम्मानमा वृद्धि होला । शरिरमा कान्ति बढ्ला । शत्रुको हानी होला । शुभ फल दिनुपर्ने छ ।

मंसिर २९ गते बाट बृहस्पति फेरि बाह्रौ स्थानमा जानाले तपाईलाई भय, त्रास चिन्ता पर्ला । यात्रा गर्नुपर्ला । असल मानिसमा कलंक लाग्ला । निवास आदिको त्याग गर्नुपर्ला । शुभ कार्यमा खर्च होला ।

शनि वर्षो सुरुका ५ महिनासम्म बक्री भएर छैठौँ स्थानमा जानाले राम्रो फल प्राप्त होला । तपाईको परोपकारमा रुचि बढ्ला । परिवारको दायित्वमा वृद्धि होला । जनसर्म्पर्कले मन प्रसन्न रहला । प्रतिस्पर्धा प्रतियोगिताका मन प्रसन्न रहला र रचनात्मक काम गर्नाले मन खुसी होला । राम्रा मानिसको संगत मिल्ला । मन प्रसन्न रहला ।

No comments:

Post a Comment

Followers